
काठमाडौं: हिजो घटेको सुनको मूल्य आज बढेको छ। सुन आज प्रतितोला ११ सय रुपैयाँ बढेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार एकसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


हिजो तोलामा एकसय रुपैयाँ घटेर सुनको मूल्य तोलाको एक लाख ५७ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो। आज चाँदीको मूल्य एक हजार आठसय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६० रुपैयाँ थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
