Skin_Hospital_Dhn

मोटरसाइकलको ठक्करबाट बझाङमा पैदलयात्री घाइते

बझाङः मोटरसाइकलको ठक्करबाट बझाङमा पैदलयात्री घाइते भएका छन्।

जिल्लाको थलारा गाउँपालिका‑६ का जनक थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ब १०४ नम्बरको मोटरसाइकलले दुर्गाथली–२ मौरिबगड नजिक सिमागाउँका अन्दाजी ५० वर्षीय यज्ञ विष्टलाई सोमबार ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सम्बन्धित
Loading...