Skin_Hospital_Dhn

दार्चुलास्थित नेपाल–भारत सीमा नाका बन्द

दार्चुला: नेपाल–भारत जोड्ने दार्चुलाको खलंगास्थित सीमा नाका बन्द भएको छ।

भारतको तहसील मुख्यालय धारचूलाअन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गरेर मंगलबार साँझ ५ बजेदेखि नाका बन्द भएको हो।

माघ १० गते हुने निर्वाचनलाई लक्षित गरि ४८ घण्टाको लागी खंलगास्थित सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

मंगलबार साँझ ५ बजे देखि माघ १० गते मतदान प्रक्रिया समाप्त नहुँदासम्म जिल्ला सदरमुकाम खंलगास्थित दार्चुला–धारचूला जोड्ने झोलुङ्गे पुल बन्द रहेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन्।

सम्बन्धित
Loading...