
कञ्चनपुर: प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुणप्रसाद भट्ट चयन भएका छन्। मंगलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो।
पत्रकार भट्टको काँधमा दोस्रो पटक प्रेस सेन्टर जिल्लाको नेतृत्व आएको छ। उपाध्यक्षमा धर्मराज कठायत, भाष्कर केसी, सचिवमा हेमा भट्ट, सह–सचिवमा वीरसिंह ऐर, खडक कोली, कोषाध्यक्ष डम्बर भट्ट चयन भएका छन्।


प्रेस सेन्टर जिल्ला सल्लाहकारमा डिल्लीराज पन्तको अध्यक्षतामा धुव्रराज अवस्थी, राजेन्द्र विष्ट, विकास सिंह महता, डीएस धामी रहेका छन्। कञ्चनपुरका युवा सक्रिय पत्रकार पुष्कर भट्ट प्रेस सेन्टरमा समाहित भएका छन्।
यसअघि स्वतन्त्र पत्रकार रहेका पत्रकार भट्ट अहिले प्रेस सेन्टरमा समाहित भएका हुन्। माउण्टेन टेलिभिजनका समाचारदातासमेत रहेका भट्ट अहिले सेन्टरमा आएका छन्।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज रामसिंह ठगुन्नाले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए।
