Skin_Hospital_Dhn

टर्कीको एक रिसोर्टमा आगलागी, ६६ जनाको मृत्यु

काठमाडौँ: टर्कीको एक स्कि रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्। बोलुको १२ तले ग्रान्ड कार्टल होटलमा स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी भएको एक अधिकारीले बताए।

त्यतिबेला त्यहाँ २३४ जना बसिरहेका थिए। बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।टर्कीका स्थानीय मिडियामा झ्यालबाट हाम फालेर दुई जनाको मृत्यु भएको रिपोर्ट आएको छ।

बोलुका गभर्नर अब्दुलअजिज अयदिनले प्रारम्भिक अनुसन्धानबाट चौथो तलाको भान्छाबाट आगो सुरु भएको र पछि माथिल्लो तलामा फैलिएको देखिएको बताए।

बोलुको पहाडी क्षेत्र स्किइङका लागि लोकप्रिय छन् र यस मौसममा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिस भ्रमण गर्छन्। स्थानीय रिपोर्टअनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लाग्यो।

सम्बन्धित
Loading...