Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी:  कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलबार कैलालीको धनगढी र लम्की चुहाबाट लागूऔषधसहित ४ जना पक्राउ परेका हुन

धनगढी उपमहानगरपालिका– २ त्रिनगर भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका– ५ का १९ वर्षीय नवीन नेपाली समेत दुई जनालाई १३ ट्याब्लेट नाईट्राभेट र ४ क्याप्सुल स्पास नामक लागूऔषधसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उनले प्रयोग गरेको सुपप्र ०१०११ प ५३५१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

यस्तै धनगढी उपमहानगरपालिका– २ त्रिनगर भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका– ७ मनेहरा बस्ने २४ वर्षीय सन्दीप चौधरीलाई ८५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

यसैगरी लागूऔषध चरेस विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लम्की चुहा नगरपालिका– १० चुहाबाट ५० वर्षीय कमला रावतलाई पक्राउ गरेको छ। उनले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा ७०० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित
Loading...