Skin_Hospital_Dhn

डोटीको एक घरमा आगलागी

डोटीः डोटीको एक घरमा आगलागी भएको छ।

बडिकेदार गाउँपालिका–२ पातलपुरानकी सरीता घर्ती मगरको ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घरमा आगलागी भएको हो।

मंगलबार साँझ बच्चाले आगो ताप्ने क्रममा घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचरलगायतका सामान गरी २ लाखको क्षति भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सम्बन्धित
Loading...