Skin_Hospital_Dhn

बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

धनगढी: बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

घाइते हुनेमा खप्तड छान्ना गाउँपालिका- ४ माझीगाउँकी २८ वर्षीया अंकिरा रोकाया छिन्।

बुधबार बिहान आफ्नो घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काट्न जाने क्रममा बाटोमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

आक्रमणबाट उनको टाउको, दायाँ अनुहार, छाती र दाइने खुट्टामा चोट लागेको बताइन्छ। गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्‍याइएको थियो।

उनको अवस्था गम्भीर भएपछि चिकित्सकको टोलीले आवश्यक उपचार गरि थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरेको छ।

सम्बन्धित
Loading...