
काठमाडौं: सुदूरपश्चिम प्रदेशका ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर रहेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत आवको अन्तिमसम्म सो प्रदेशका ८८ वटा पालिका मध्ये ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर नै रहेका छन्। साथै, २६ वटा स्थानीय तहमा पनि कच्ची सडकको मात्रै पहुँच रहेको अध्ययनले देखाएको छ।

‘आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म यस प्रदेशको जम्मा ८८ स्थानीय तहहरूमध्ये ६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पहुँच नपुगेको र २६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगेको तर पक्की हुन बाँकी रहेको देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।
सो प्रदेशमा सडक पूर्वाधार तर्फ २१२ कि।मि। कालोपत्रे पक्की सडक, १०६ कि.मि खण्डास्मित (ग्रावेल) सडक र १६० कि.मि माटेसडक गरी कुल ४७८ कि.मि. सडक निर्माण सम्पन्न भएको प्रतिवेदनले देखाएको छ।
