Skin_Hospital_Dhn

एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं:  सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पीडित महिला रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न पुर्जीसहितको आदेश दिएको हो ।

उनको पक्षमा अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । महरले आफूमाथि पटकपटक यौन शोषण गरेको ती महिलाको आरोप छ ।

यसअघि जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन्।

तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् । महरलाई कारबाही माग गर्दै रश्मिला अनशनमा समेत बसेकी थिइन् ।

सम्बन्धित
Loading...