
काठमाडौं ।
आज (आइतबार) देशभर भएको स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको बताएका हुन् ।

आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय दिइएको थियो । त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव भएको हो ।
