
काठमाडौं: नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो। महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।
