Skin_Hospital_Dhn

गोदावरीको सरस्वती माविका शिक्षक भट्टराईको निधन

धनगढी:  कैलालीको गोदावरी नगरपालिका– ११ मा रहेको सरस्वती माविमा कार्यरत शिक्षक विनोदकुमार भट्टराईको निधन भएको छ।

२०६२ सालदेखि सरस्वती माविमा अध्यापन गराउँदै आएका गोदावरी नगरपालिका– २ निवासी ५८ वर्षीय भट्टराईको बुधवार राति निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको विद्यालयका शिक्षक कृष्ण विकले बताए।

भट्टराई यसअघि सरस्वती माविमा प्रधानाध्यापकका रूपमा पनि काम गरिसकेका छन्। शिक्षक भट्टराइको निधनमा बिहीबार गोदावरीका विद्यालयमा शोक बिदा दिइएको छ।

सम्बन्धित
Loading...