
धनगढी: धनगढी उपमहानगरपालिकाले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई स्वागत गरेको छ। सुरुवा भएर हालै कैलाली आएका प्रजिअ हमाललाई उपमहानगरपालिकाले बिहीवार स्वागत गरेको हो।


मेयर गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले उनलाई स्वागत गरे। यसका साथै उपमहानगरपालिकाको तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको मेयर हमालको सचिवालयले जनाएको छ।
