आजको मौसम : आज चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका केही स्थानहरुमा तथा बाँकी भू—भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती पनि देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू—भागका केही स्थानहरूमा तथा तराई भू—भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका केही स्थानहरुमा तथा बाँकी भू—भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन,चट्याङ्ग तथा हावाहुरीबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।