Skin_Hospital_Dhn

सुदूरपश्चिमका यी ४ पालिकाका निमित्त हाकिमको जिम्मेवारी खोसियो

धनगढी: सुदूरपश्चिमका ४ पालिकाका निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका ४ पालिकाका निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको हो।

अछामका दुई र बझाङ र दार्चुलाका एक/एक पालिकाका निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गरिएको छ।

अछामको मंगलसैन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, दार्चुलाको महाकाली नगरपालिकाकाका निमित्त प्रशासकीय अधिकृत नरसिंह बडाल, अछामको चौरपाटी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत धनबहादुर थापा र बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत झलकबहादुर दौल्यालको जिम्मेवारी खोसिएको हो। उनीहरू छैठौं तहका अधिकृत हुन्।

मन्त्रालयले आर्थिक तथा प्रशासनिक कमाण्ड सम्हालिरहेका कनिष्ठ कर्मचारीहरूको जिम्मेवारी खोसेको हो।

मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हटाएसँगै अब मन्त्रालयबाटै दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी भइरहेको जनाइएको छ।

सम्बन्धित
Loading...