
काठमाडौँ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ७८ वटा क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुले विजय हासिल गरेको छ ।

हिजो (आइतबार) सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित ७८ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुले विजय हासिल गरेको हो ।

हालसम्मको परिणामअनुसार एमालेनिकट अखिलले नेपाली कांग्रेसनिकट नेबिसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दै ७८ वटा क्याम्पसमा विजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन् ।
