Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी:  लागुऔषधसहित कञ्चनपुरमा ४ जना पक्राउ परेका छन्। बिहीबार दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाबाट लागूऔषधसहित चार जना पक्राउ परेका हुन।

दोधारा चाँदनी नगरपालिका–४ महाकाली माता मन्दिर नजिकबाट स्थानीय ३६ वर्षीय जानकी दमाईले सञ्चालन गरेको किराना पसलमा लागूऔषध चरेसको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले गरेको खानतलासी १९.५४ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै सोही ठाउँबाट ३९ वर्षीय गौखे दमाईको साथबाट १.०७ ग्राम र भीमदत्त नगरपालिका–११ भुजेलाका २१ वर्षीय अविशेक सुनारको साथबाट ०.६१ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै बिहीबार साँझ कृष्णपुर नगरपालिका– ७ कलुवापुरबाट २१ वर्षीय दीपक रानाको घरमा खानतलासी गर्दा उनले सुत्ने कोठाबाट लुकाई राखेको अवस्थामा ०.११ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको बताइन्छ।

सम्बन्धित
Loading...