
धनगढी: कैलालीको धनगढीमा हुने सीप तथा रोजगार मेलाको मिति सरेको छ।

माघ २२ गतेबाट हुने भनिएको मेलाको मिति सरेर फागुन ८ गतेबाट हुने भएको हो। एक महिनासम्म चल्ने सीप तथा रोजगार मेलाको मिति सरेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए।

उनले विभिन्न प्राविधिक कारणले मेला सरेर फागुन ८ देखि चैत ८ गतेसम्म चल्ने बताए। युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले सिप तथा रोजगार मेला आयोजना गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ।
