Skin_Hospital_Dhn

कोल्टीमा निषेधाज्ञा जारी

बाजुरा ।
स्ववियु निर्वाचनका क्रममा विद्यार्थी संगठनबीच झडप भएका कारण जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा निषेधाज्ञा जारी गरेको छ । स्ववियु निर्वाचनका क्रममा विद्यार्थी संगठनबीच झडप भएका कारण कोल्टी बजार क्षेत्र तनावग्रस्त भएपछि आज (सोमबार) बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएपछि बूढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको बताए ।

‘ढुंगामुढा प्रहारपछि मोटरसाइकलमा आगजनी भएपछि अवस्था असामान्य भएको हो,’ प्रजिअ खड्काले भने । अहिले कोल्टीमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो ।

एकातिर एमालेनिकट अनेरास्ववियुको प्यानल र अर्कोतिर कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको संयुक्त प्यालन प्रतिस्पर्धामा उत्रेका थिए । ४ सय १२ मतदाता रहेको उक्त क्याम्पसमा मतदानका क्रममा दुवै पक्षबीच विवाद भएर झडपको अवस्था भएपछि मतदान स्थगित भएको छ ।

सम्बन्धित
Loading...