Skin_Hospital_Dhn

सिद्ध वैजनाथ माविमा एसईई आइडलको अडिसन सम्पन्न

धनगढी: सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको तह्रौं अडिसन आज कञ्चनपुरको शुक्लाफाँटाको सिद्ध वैजनाथ माविमा सम्पन्न भएको छ।

उक्त अडिसनमा गायनतर्फ ५ र नृत्यतर्फ ३ जना विद्यार्थीहरुले भाग लिएका थिए। कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक महेशप्रसाद अवस्थी नृत्य र गायन जीवनसँग जोडिएको यस्ता खाले प्रतियोगिता विद्यार्थी र विद्यालयका लागि आवश्यक भएको कुरामा जोड दिँदै यस्ता प्रतियोगिता नियमित रुपमा आवश्यक भएको बताए।

गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको यहाँका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यसवर्ष पनि गतवर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन्।

यसवर्षको साउनदेखि फागुनसम्म ९ जिल्लाभरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५/१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन्।

फाइनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता छनोट गरिनेछ। दुवै विधाका विजेता र उपविजेताले क्रमशः रु. ७५/७५ हजार र रु. ३०/३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्।

सम्बन्धित
Loading...