Skin_Hospital_Dhn

कञ्चनपुरमा डेढ किलो चरेससहित एकजना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा एक किलो बढी चरेससहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको बझाङको बित्थड चिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र कञ्चनपुरको संयुक्त टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामदैजीबाट लागूऔषध चरेशसहित बोहरा आज पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए।

टोलीले बोहरालाई संकास्पद अवस्थामा बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा, उनको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश फेला परेको थियो।

चरेससहित पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

सम्बन्धित
Loading...