
काठमाडौं ।
पीएसजी आफ्नो घरेलु मैदानमा पराजित भएको छ । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा पराजित भएको हो । पार्क डेस प्रिन्सेसमा हिजो (आइतबार) राति भएको खेलमा रेनेसले पीएसजीलाई २–० गोल अन्तरले हरायो ।
पीएसजीलाई हराउन रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले १–१ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा कार्ल टोको एकम्वीले गोल गर्दै रेनेसलाई सुरुवाति अग्रता दिलाए ।


त्यसपछि ४८औं मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गर्दै २–० को स्थितिसहित रेनेसलाई जिततर्फ अग्रसर गराए।
पीएसजीले अग्रपंतिमा स्टार फर्वार्ड लियोनल मेसी र केलियन एमबाप्पेलाई सुरुवातदेखि नै मैदान उतारे पनि दुवै खेलाडी गोल गर्न असमर्थ रहे । फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो ।
पिएसजीलाई पराजित गरेको रेनेस ५० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।
