
धनगढी: कैलालीको धनगढीमा आफ्नै सहोदर भाईले दाजुको हत्या गरेका छन । शनिबार राती घरायसी विवादका क्रममा आफ्नै भाईले कैँची प्रहार गर्दा धनगढी उपमहानगरपालिका –१७ दिपनगर टोल बस्ने लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घरायसी विवाद हुँदा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गर्दै घाँटीमा कैँची प्रहार गरेका थिए । कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।

तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरी निरीक्षक खड्काले बताए । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
