Skin_Hospital_Dhn

बझाङमा किशोरी करणी गरेको अभियोगमा युवक पक्राउ

बझाङः बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।

गिरीले १८ वर्षीया किशोरीलाई शनिवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Loading...