आज नवनिर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण
काठमाडौँ ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज शपथ ग्रहण गर्दैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहणको कार्यक्रम तय भएको छ ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।