Skin_Hospital_Dhn

बाजुराको मतगणना अझै सुचारु हुन सकेन

बाजुराको मतगणना निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि अझै सुचारु हुन सकेको छैन।

निर्वाचन आयोगले बुधबार बाजुरा र स्याङ्जामा अबरुद्ध भएको मतगणना गर्ने निर्णय गरेको थियो। स्याङ्जा २ मा अबरुद्ध मतगणना बुधबार बेलुकी ९ बजेदेखि गर्ने सहमति बनेको थियो।

तर, बाजुरामा भने मतगणना अनिश्चित बनेको छ।

आयोगको निर्णयपछि सर्वदलीय बैठक बोलाइए पनि एमाले उपस्थित नभएपछि बैठक कुनै टुंगोमा पुग्न सकेन।

आज (बिहीबार) बिहान ७ बजे फेरि बैठक बस्ने र निर्णय गर्ने निर्वाचन कार्यालयले जानकारी गराएको छ।

सम्बन्धित
Loading...