Skin_Hospital_Dhn

कैलालीमा लागुऔषधसहित तीन युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न तीन युवक पक्राउ परेका छन्। सोमबार साढे ४ बजेतिर धनगढीस्थित लागूऔषध व्युरोको शाखा कार्यालयबाट खटिएको टोलीले गोदावरी नगरपालिका–८ स्थित सुरेन्द्र कटुवालको घरमा छापा मारेर तीन युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–८ का २२ वर्षीय करण गुरुङ, वडा नं. ९ का १९ वर्षीय पुरन विक, र २६ वर्षीय सुरेन्द्र कटुवाल रहेका छन्। सुराकीका आधारमा खटिएको टोलीले उनीहरूलाई लागुऔषध खैरो हेरोइन सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले उनीहरू बसेको कोठाको खानतलासी गर्दा शुद्ध तौल ९०० मिलिग्राम खैरो हेरोइन र लागूऔषध तौल गर्न प्रयोग गरिएको डिजिटल तराजु बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा बुझाइएको छ।

सम्बन्धित
Loading...