Skin_Hospital_Dhn

अछाममा चितुवाको आक्रमणबाट सात बाख्रा मरे

अछामः चितुवाको आक्रमणबाट अछाममा सात बाख्रा मरेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडामा चितुवाले आक्रमण गर्दा सात वटा बाख्रा मरेका हुन्।

शनिबार राति स्थानीय कुशे भाटले पालेका सात वटा बाख्रा चितुवाले मारेको वडाध्यक्ष रामप्रसाद जैसीले जानकारी दिए। खोर भित्रै बाख्रा मारिएपछि भाटको झन्डै एक लाख रुर्पैयाँभन्दा बढीको नोक्सानी भएको वडा कार्यालयको मुचुल्कामा उल्लेख छ।

कालेकाँडाका विभिन्न स्थानहरूमा बेला बेला चितुवाले पशु चौपाया मार्ने गरेको स्थानीय बताउँछन्। गाउँमै बाख्रा पालेर व्यवसाय गरिरहेका भाटले बाख्रा पालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।

सम्बन्धित
Loading...