Skin_Hospital_Dhn

बाँकावीर र ढकाललाई सहिद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले स्वर्गीय बलदेव शाही (बाँकावीर) र लोकराज ढकाललाई सहिद घोषणाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार निर्णयानुसार शाही र ढकाललाई सहिद घोषणाका लागि सिफारिस गरेको हो।

अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बाँकावीर र कैलालीको साबिक बलिया गाँउ विकास समिति–३ कौवापुर हाल लम्कीचुवा नगरपालिका–४ कौवापुरका ढकाललाई सहिद घोषणा गर्नका लागि सिफारिस गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझाले जानकारी दिए।

बाँकावीरलाई राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेको बताइन्छ। सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ। वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन्।

त्यस्तै, ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ। उनलाई २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा बिद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो। उनी तरण दल कैलालीका सदस्य पनि थिए।

सम्बन्धित
Loading...