Skin_Hospital_Dhn

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक बालीकाको मृत्यु

अछाम ।
अछाममा ट्याक्टर दुर्घटना हुँदा एक युवतिको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका—३ बुढाखोलास्थित सडकमा दुर्घटना हुँदा ट्याक्टरमा सवार मनिषा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुढाखोलास्थित सडकमा से.२ त ४३३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई हिजो (आइतबार) दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार मेल्लेख गाउँपालिका—३ की १५ वर्षीया मनिषा बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
Loading...