Skin_Hospital_Dhn

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

धनगढी ।

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका—३ कुडि चोकमा ट्याक्टर दुर्घटना हुँदा टिकाराम चौधरीको मृत्यु भएको हो ।

हिजो (आइतबार) राति कुडि चोकमा से. २ त १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका—१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेको र ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सम्बन्धित
Loading...