Skin_Hospital_Dhn

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीलाई सुदूरपश्चिम सरकारले नहेरेको गुनासो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३, मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई सुदूरपश्चिम प्रदेश सरकारले नहेरेको गुनासो गरिएको छ। मंगलबार चिकित्सालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँग आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सो गुनासो गरिएको हो।

कार्यक्रममा चिकित्सालय व्यवस्थापन समिति अध्यक्षका नरेशबहादुर विष्टले सुदूरपश्चिम प्रदेश सरकारले चिकित्सालयलाई नहेरेको गुनासो पोखे। ‘यस चिकित्सालयलाई अगाडि बढाउनुप¥यो भनेर दुई वर्षअघि देखि पहल गरिरहेको छु। तर कुनै पनि सुनुवाइ भएको छैन। मुख्यमन्त्री, सामाजिक विकास र अर्थमन्त्रालय हाम्रो टिम धाइरहेको छ,’ उनले भने, ‘धनगढीका १९ वटै वडाका जनप्रतिनिधिहरूलाई पनि भनेको छु।’

चिकित्सालयलाई ५० शय्याको बनाउनका लागि आवश्यक उपकरणहरू अभाव रहेको उनले बताए। सुदूरपश्चिममा भएको जडिबुटीको सही सदुपयोग हुन नसकेको उनको भनाइ थियो।

चिकित्सालयका मेडिकल सुपरिटेण्डेण्ट डा. राम कामेश्वर ठाकुरले प्रादेशिक आयुर्वेदले दिइरहेका सेवाका बारेमा आम जनसमुदायसम्म पुर्‍याइदिन सञ्चारकर्मीहरूलाई अनुरोध गरे। उनले चिकित्सालयमा जनशक्ति पनि अभाव रहेको बताए। ‘हामीले सामाजिक विकास मन्त्रालयसँग ११४ जनाको दरबन्दी माग गरेका छौँ । जसमा ८ जना विशेषज्ञ पनि मागेका छौँ,’ उनले भने, ‘विशेषज्ञहरूले आगामी आर्थिक वर्षदेखि सेवा सुरु गर्नेछन् भन्ने आस छ।’

उक्त कार्यक्रममा चिकित्सालय व्यवस्थापन समितिका प्रतिनिधि, जिल्लास्थित पत्रकारलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...