Skin_Hospital_Dhn

२२.६५ अंकले बढ्यो नेप्से

काठमाडौं ।
नेप्से परिसूचक आज (सोमबार) २२.६५ अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक २२.६५ अंकले उकालो लागेर १९४९.०६ मा पुगेको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंक्ले उकालो लागेर ३६६.२३ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

कुल ५२ लाख ५५ हजार ८६ कित्ता सेयर एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ रुपैयाँमा खरिद–बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड ६३ लाख ९२ हजार चार सय ४२ रुपैयाँ बराबरको कारोबार भयो ।

साथै एनआइसी एसियाको ६ करोड १९ लाख ९५ हजार नौ सय २२ रुपैयाँ, सिटिजन बैंकको संस्थापक सेयर पाँच करोड ८५ लाख २७ हजार एक सय रुपैयाँ, शिवम् सिमेन्ट चार करोड १३ लाख ७७ हजार पाँच सय दुई रुपैयाँ र हिमालयन डिस्टिलरी तीन करोड ४२ लाख ६२ हजार आठ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। न्यादी हाइड्रोपावर ७.७३,नयाँ सारथी लघुवित्त ६.१८, मानुषी लघुवित्त ५.६७ र विन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.७७ प्रतिशतले बढेको छ ।

साथै सपोर्ट माइक्रोफाइनान्स ५‍.३६, स्वाभिमान लघुवित्त ४.७२, सानिमा ग्रोथ स्किम ४.४५, विन नेपाल लघुवित्त ४.८ र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ।

सम्बन्धित
Loading...