
धनगढीः लागुऔषध खैरो हेरोइनसहित कैलालीमा दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डमा कैलालीको जानकी गाउँपालिका–२ बस्ने २३ वर्षीय सिदार्थ भनिने गगन चन्द र दैलेख आठबिस नगरपालिका–४ मेल्तडी बस्ने २३ वर्षीय दिपेन्द्र माझि खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

दुबै जनालाई ७३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
