Skin_Hospital_Dhn

माघ २६ गतेदेखि धनगढीमा ‘प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी’ हुने

धनगढी : धनगढीमा “प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१” आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र कृषि विकास निर्देशनालयको आयोजनामा प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ हुने भएको हो ।

“समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण, विविधिकरण र औद्योगिकीकरण” भन्ने मूल नाराका साथ यही २०८१ माघ २६ गतेदेखि ३० गतेसम्म धनगढी उपमहानगरपालिका, वडा नं. १, पशुपति टोलस्थित खुला चौरमा मेला सम्पन्न हुँदैछ।

यो मेला सुदूरपश्चिम प्रदेशको कृषि, पशुपन्छी, र मत्स्य क्षेत्रको सुधार र सम्बृद्धिका लागि महत्त्वपूर्ण कदमी भएको मेला संयोजक तथा कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्र प्रसाद शर्माले बताए । उनले भने , ‘स्थानीय उत्पादनहरूप्रति ध्यानाकर्षण गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा योगदान पुर्‍याउनेछ।’

प्रदेशका सम्पूर्ण कृषक, सहकारी समूह, कृषि फार्महरू, उद्यमी व्यवसायीहरू, कृषि वा पशुपन्छी अध्ययन गरिरहेका विद्यार्थीहरू, र आम उपभोक्ता वर्गलाई यस मेलामा सहभागी भई प्रत्यक्ष लाभ लिई अवलोकन गर्न समेत आयोजकले अनुरोध गरेको छ।

मेला प्रदर्शनीका मुख्य आकर्षणहरू

एकै थलोमा निम्न सुविधाहरू उपलब्ध हुनेछन्:

  1. प्रदेशका उपलब्धिहरूको झलक:
    • कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको विकासमा प्राप्त उपलब्धिहरूको प्रत्यक्ष अवलोकन।
  2. लोकल उत्पादनहरूको प्रदर्शन र खरिद-बिक्री:
    • प्रदेशका ९ वटै जिल्लामा उत्पादित रैथाने तथा स्थानीय कृषि, पशुपन्छी र मत्स्यजन्य बाली र वस्तुहरूको प्रदर्शन।
    • यी सामग्रीहरू खरिद-बिक्री गर्ने अवसर।
  3. सम्बन्धित विज्ञहरूसँग अन्तरक्रिया:
    • कृषि, पशुपन्छी र मत्स्य विकास क्षेत्रका समसामयिक विषयमा विज्ञहरूबाट जानकारी प्राप्त गर्ने मौका।
  4. आधुनिक उपकरणहरूको अवलोकन:
    • कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा प्रयोग हुने आधुनिक मेशिनरीहरूको प्रदर्शन र खरिद-बिक्री।
  5. गैरकाष्ठ बन पैदावार र घरेलु उत्पादनहरू:
    • घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरूको अवलोकन र खरिद-बिक्री।
  6. पोषणयुक्त रैथाने परिकारहरूको स्वाद:
    • प्रदेशका विभिन्न समुदायमा प्रचलित पोषणयुक्त रैथाने परिकारहरूको अवलोकन र स्वादको मजा।
  7. लोकसांस्कृतिक झल्को:
    • प्रदेशका विभिन्न समुदायमा प्रचलित रैथाने गीत र नृत्यहरूको मनोरञ्जन

सुदूरपश्चिम प्रदेश सरकार निर्माण पछि पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनी मेलामा नि:शुल्क सहभागि हुन र अवलोकन गर्न मिल्ने व्यवस्था मिलाईएको छ।

Loading...