
काठमाडौं: अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन्।
उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन्। निवर्तमान उपाध्यक्ष केशव रावलका अनुसार सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् भने राईले ६ सय १५ मत प्राप्त गरेका छन्।


अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन्। अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो। सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए। राईले जनार्दन शर्मा पक्षधरको प्यानलबाट उम्मेदवारी दिएका थिए।
यादव नारायणकाजी श्रेष्ठ र पौडेलले वर्षमान पुन पक्षधरको प्यानल खडा गरेर निर्वाचनमा उत्रिएका थिए।
त्यस्तै, महासचिवमा रोशन थापा यसअघि निर्वाचित भइसकेका छन् । उनले पनि जनार्दन पक्षधर प्यानलबाटै उम्मेदवारी दिएका थिए। कोषाध्यक्षमा पनि जनार्दन शर्मा प्यानलकै फूलमाया राना विजयी भएकी छिन् ।
