Skin_Hospital_Dhn

मोटरसाइकलको ठक्करबाट अछाममा एक वृद्धाको मृत्यु

अछाम: मोटरसाइकलको ठक्करबाट अछाममा  एक वृद्धाको मृत्यु भएको छ।

बिहीबार कमलबजार–तुर्माखाँद सडकखण्डको मोटरकाटियामा सुपप्र ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कमलबजार नगरपालिका–१ की ७२ वर्षीया मैसिरा ढकालको मृत्यु भएको हो।

ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ बस्ने २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...