Skin_Hospital_Dhn

भरुवा बन्दुकसहित कञ्चनपुरमा एकजना पक्राउ

महेन्द्रनगर: कञ्चनपुरको लालझाडी गाउँपालिकाका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

लालझाडी गाउँपालिका–३ का पुन्ना राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले घरमा अवैध एकनाले भरुवा बन्दुक लुकाएर राखेको फेला परेपछि रानालाई पक्राउ गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भरुवा बन्दुक कानूनबमोजिम बरामद गरी रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित
Loading...