
कञ्चनपुरः मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ।

महेन्द्रनगर राजमार्गस्थित बेदकोट नगरपालिका–७ सुडामा बेलौरी नगरपालिका–८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाईकल बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार भीमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय हरिस खुनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका खुनाको उपचारका क्रममा बिहीवार राति १०ः४५ बजे नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
