
कञ्चनपुरः लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरबाट दुई युवक पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–५ बाट सुदूरपश्चिम प्रदेश ०१–००८ प ३८१८ नम्बरको मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–३ बस्ने ३२ वर्षीय सन्तोष भट्ट र सोही ठाँउ बस्ने ३६ वर्षीय उद्धबराज भट्ट पक्राउ परेका हुन्।

दुवैजनालाई १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ७५० मिलिग्राम लागुऔषधसहित दुई किशोरलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
