
कैलाली: धनगढी होलसेल व्यवसायी संघको अध्यक्षमा वीरबहादुर कार्की चयन भएका छन्।
धनगढीमा शनिबार सम्पन्न भएको छैठौं अधिवेसनबाट कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयेन्द्र स्वाँर, उपाध्यक्षमा विनोदकुमार जिसी, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा कोपिला कुँवर, सचिवमा रेखा बाँस्तोला चुनिएका छन्। सदस्यमा इन्दिरा सिटौला, कल्पना पौडेल, सुशील शाही, कमल सुवेदी, रामचन्द्र पनेरु, योगेन्द्र भट्ट र महादेव भट्ट चयन भएका छन्।

छैठौं वार्षिक साधारणसभाको उद्घाटनमा संघका अध्यक्ष देवराज पाण्डेयले प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले ३ वर्षे कार्यकालमा गरेका उत्कृष्ट काम तथा सहभागिता ३४ बुँदेमा समेटेका थिए।
२०८० सालमा भूकम्पबाट भएको क्षतिप्रति मलमपट्टि लगाउने उद्देश्यका साथ अछामका पीडित परिवारलाई आन्तरिक मामला तथा कानून मन्त्रालयमार्फत् सात लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको बताए।
व्यवसायीहरुमाथि हुने दैवी घटनाहरुमा सानै भएपनि केही राहत पुरÞ्याउने उद्देश्यका साथ दैवी प्रकोप उद्धा कोषको स्थापना, प्रत्येक साधारण सभाका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मानविय कार्यमा सहयोग, धनगढी उपमहानगरपालिकालाई मृतमानव चिस्यान यन्त्र हस्तान्तरणलगायतका काम प्रतिवेदनमा उल्लेख छन्।
