
धनगढी।
हिजो (सोमबार) रातिदेखि कैलालीमा वर्षा जारी रहेको छ । सोमबार रातिदेखि धनगढी, अत्तरिया, चौमाला लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भू—भाग र तराई भू—भागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको छ । महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
