
धनगढी: क्रिकेटको शहर धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन्। धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख पुरस्कार दिने भएको हो।

आयोजक गो ड्रिमर्सले दर्शकलाई नगद एक लाख र एयरपोड दिइने जनाएको छ। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरु धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेका छन्।

साथै अन्य क्याचहरुमा पनि नगद पुरस्कार प्रदान गर्ने ब्रेड बक्सले जनाएको छ। यसका साथै खल्ती एफले क्याच गर्ने दर्शकहरुमध्येबाट दैनिक रुपमा एक जनालाई एयर बडसहितको पुरस्कार पनि दिने भएको छ।
