![Skin_Hospital_Dhn](https://nayasandesh.com/wp-content/uploads/2024/06/Skin_Hospital-1.jpg)
पाकिस्तानको उत्तरपश्चिम ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
![](https://nayasandesh.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-19-at-4.24.30-PM.jpeg)
दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए । खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ ।
![](https://nayasandesh.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-20-at-9.01.12-PM.jpeg)
घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
![](https://nayasandesh.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-03-at-6.39.02-AM.jpeg)