
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा प्रदेशको समग्र विकास निर्माणका विषयवस्तुमा महत्त्वपूर्ण छलफल भएको बताइन्छ।


मुख्यमन्त्री शाहले परराष्ट्रमन्त्री राणासँग गेटा अस्पताल, प्रदेशको राजधानी, सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म बन्ने ६ लेनको राजमार्ग, कैलालीको अत्तरियादेखि डडेल्धुरासम्म बन्ने २ लेनको लोकमार्गलगायत विषयमा छलफल भएको मुख्यमन्त्री शाहको निजी सचिवालयले जनाएको छ।
