Skin_Hospital_Dhn

लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा

पाल्पा: लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा हुने भएको छ।

प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको लुम्बिनी प्रदेश आन्तरिक तथा कानून मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयले बताए।

आइतवार बसेको बैठकले प्रदेशभरिका १२ वटै जिल्लामा सार्वजनिक बिदा दिने गरेको हो। प्रदेश सरकारले सोमवार विविध कार्यक्रम गरी प्रदेश राजधानी दाङमा स्थापना दिवस मनाउने तयारी गरिएको पाण्डेयले बताए।

सम्बन्धित
Loading...