Skin_Hospital_Dhn

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौँ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले आज (मङ्गलवार) सूचना जारी गर्दै दल दर्ताको आह्वान गरेको हो ।

आगामी वैशाख १० गते, तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा आयोगले चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।

सम्बन्धित
Loading...