Skin_Hospital_Dhn

कैलालीमा गाँजा सेवन गरिरहेका चार युवक पक्राउ

धनगढीः कैलालीमा गाँजा सेवन गरिरहेकै बेला चार युवक पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–११ झन्झटपुरको सडक किनारमा सोही ठाउँ बस्ने ३८ वर्षीय तुलाराम चौधरीले संचालन गरेको घुम्ती पसलबाट लागूऔषध (गाँजा) सेवन गरिरहेको अवस्थामा निज तुलाराम चौधरी, ३१ वर्षीय श्रवण कुमार चौधरी, २७ वर्षीय अजय चौधरी र २१ वर्षीय विवश चौधरी पक्राउ परेका छन्।

चारै जनालाई ७० ग्राम गाँजा र गाँजा सेवन गर्न प्रयोग गरेको पाईपसहितको बोतल १ थानसहित इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...