Skin_Hospital_Dhn

धनगढीबाट फरार प्रतिवादी पक्राउ

धनगढी: कैलालीको धनगढीबाट प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत कैलालीले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिए फरार रहेका धनगढी उपमहानगरपालिका – ५ तारानगरका ३१ वर्षीय नरेश खड्का पक्राउ परेका हुन्।

उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सम्बन्धित
Loading...